AdvertImage

मंसिर १५ मा एकैसाथ ३९६ वटा अस्पतालको शिलान्यास गरिने

समाचार डेस्क ५ मंसिर २०७७, शुक्रबार २०:१६
               
AdvertImage                        
मंसिर १५ मा एकैसाथ ३९६ वटा अस्पतालको शिलान्यास गरिने
AdvertImage

काठमाडौं । नेपालमा ३९६ वटा अस्पतालको निर्माण एकैसाथ सुरु गरिने भएको छ । निर्माण सुरु हुने सबै अस्पतालहरुको शिलान्यास एकै पटक गर्न स्वास्थ्य मन्त्रालयले सबै स्थानिय तहलाई पत्राचार गरिसकेको बताएको छ ।

अर्थ मन्त्रालयले अस्पताल निर्माणका लागि आवश्यक रकम निकासा गरिसकेको छ । अर्थ मन्त्रालयले स्थानिय तहमा ५ देखि १५ बेडको अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ छुट्याएको छ ।

५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन बहुवर्षीय ठेक्का प्रकृयामाफर्त बनाउनु पर्ने छ भने ती अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नपर्नेछ । अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने भनिएको छ ।