


काठमाडौं ।
भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम विश्वभरका मानिसहरुका लागि एक प्रेरणा दिने नाम हो । उनी मिसाइल म्यानको रूपमा प्रख्यात छन्, जुन आज पनि धेरै युवाहरूका लागि रोल मोडेल हुन् । कुनै कारणले जीवनबाट निराश भएका युवाहरुलाई उनका शब्दहरूले अझै पनि प्रत्येकको हृदय छाउछ ।
उनले युवाहरूलाई आफ्नो वचनले मात्र उत्साहित गरेनन्, तर जीवनको सफलताको गुणस्तर पनि सिकाएका छन् । आउनुहोस् त्यस्ता ५ बुँदाहरुका बारेमा चर्चा गरौँ, जसले सफलता पाउँनका लागि महत्वपूर्ण कडिको काम गर्दछ । मध्यम वर्गीय मुस्लिम परिवारमा जन्मेर भारतजस्तो देशमा राष्ट्रपति बन्न सफल कलामले दिएका सफलताका सुत्रबारे चर्चा गर्न गइरहेका छौँ ।
१, कुनै पनि कार्य सम्पन्न गर्न आफ्नो लक्ष्य बनाउनुपर्दछ । लक्ष्य तब पूरा हुन्छ जब तपाईं यसमा पुर्ण रुपमा समर्पित हुनुहुन्छ । लक्ष्य त्यतिबेला पूरा हुन्छ जतिबेला सुरुवात हुन्छ । योजना बनाउँन र सुरु गर्न सक्नुभएन भने लक्ष्य कहिलै पूरा हुँदैन ।
२, जब तपाईंको हस्ताक्षर अटोग्राफमा परिवर्तन हुन्छ, तब बुझ्नुहोस् कि तपाईं सफलताको पथमा हुनुहुन्छ । तपाई राम्रो भइसकेको तपाईलाई नै थाहा हुँदैन । तर तपाईलाई देख्ने भेट्नेले तपाईको प्रसंशा गर्न थाल्छन् । अटोग्राफ माग्छन् । सँगै फोटो खिचिदिन जोड गर्छन् । त्यसले तपाईलाई थाहा हुनुपर्छ की तपाई सफलताको पथमा हुनुहुन्छ ।
३, सपनाहरु तब मात्र साँचो हुन्छन् जब हामी सपना देख्न थाल्छौं । सपना तपाईको निद्रामा तपाईले देख्नु भएको कुरा होइन । सपना त्यो हो जसले तपाईंलाईं सुत्न दिदैन् । तपाईको मनमा खेलिरहन्छ । तपाईको मनमा आएरहेको कुरा सम्झना जस्तो वा सपना जस्तो हुन्छ हो त्यही नै योजना हो । जसले सपना देख्छ उसले योजना बनाउँछ । जसले योजना बनाउँछ त्यो व्यक्ति पक्कै सफल हुन्छ । आजैबाट एक्लै बस्दा मनमा सपना फुराउन थाल्नुहोस् ।
४, यदि तपाईं आफू एक्लै छु भन्ने सोच्नुहुन्छ भने पहिले आकाशमा हेर्नुहोस् । आकाशमा सिंगो ब्रह्माण्ड तपाईंलाई समर्थन गर्न तयार छ । सिंगो ब्रह्माण्ड तब मात्रै तपाईंको साथ आउँछ जब तपाईं कडा परिश्रम गर्नुहुन्छ । यसैले के बुझ्न जरुरी छ भने सिंगो ब्रमाण्ड तब तपाईको साथमा आउँछ जब तपाई कडा परिश्रम सुरु गर्नुहुन्छ । परिश्रमले ढुंगो पगाल्न सकिन्छ भनिन्छ । यसैले तपाई कडा परिश्रम सुरु गर्नुहोस् ।
५, सपनाहरू तब मात्र साँचो हुन सक्दछ जब हामी सपनाहरू पूरा गर्न हाम्रो निन्द्रालाई त्याग्छौं । बुझ्न जरुरी छ की सपना देखेर मात्र हुन्न । सपना पुरा हुनुपर्छ । देख्नमात्र त जो कोहीले देखिरहेको हुन्छ । सफल व्यक्तिको सूचीमा त्यो व्यक्ति पुग्दछ जो सपना पूरा गर्न सक्षम हुन्छ ।
भर्खरै प्रकासित
Trending News
- २१ वर्षीया सम्झना बोहराको हत्यारा पक्राउ
- अब परीक्षा केन्द्रमा समेत सीसी क्यामेरा राखिने
- दुप्चेश्वर मन्दिरको क्षेत्रगत विकासको अवस्था, त्रुटी र सम्भावनाहरु
- अवैध सम्बन्धको जालोमा अल्झिएका भविष्यहरु
- बार्सा बिरुद्ध गोलको बर्षा गर्दै म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा
- पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम