AdvertImage

काठमाडौंको कलंकीमा बिहानै दुर्घटना, नुवाकोटका दुईसहित ३ जनाको मृत्यु

न्यूज ब्युरो २७ कार्तिक २०७७, बिहीबार ०८:४५
               
AdvertImage                        
काठमाडौंको कलंकीमा बिहानै दुर्घटना, नुवाकोटका दुईसहित ३ जनाको मृत्यु
AdvertImage

काठमाडौं,कात्तिक २७ ।
काठमाडौंको कलंकीमा बिहीबार बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई कुखुराको चल्ला लिएर आएको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा दुर्घटनामा नुवाकोट सुन्दरदेवीका २४ वर्षका रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र  भुवेन्द्र तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ।