AdvertImage

नुवाकोटमा पनि यो वर्ष देउसी भैली लगाएत अन्य कार्यक्रम तिहारमा गर्न रोक,

अखबार पाटी २४ कार्तिक २०७७, सोमबार ०८:२१
               
AdvertImage                        
नुवाकोटमा पनि यो वर्ष देउसी भैली लगाएत अन्य कार्यक्रम तिहारमा गर्न रोक,
AdvertImage

२४ कार्तिक,नुवाकोट

पछिल्लो समयमा कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै नुवाकोट जिल्ला प्रसासन कार्यालयले तिहारको बेला हुन सक्ने देउसी भैली लगाएत अन्य कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

संक्रमण फैलिने जोखिम रहेको भन्दै आईतवार बिज्ञप्ती जारि गर्दै  तिहारको समयमा देउसी भैलो खेल्न, जात्रा महोत्सव र भोज भतेर नगर्न प्रशासन कार्यालयले सबैमा आग्रह गरेको हो ।

सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न तथा स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन अनुरोध गरिएको छ । सूचनालाई बेवास्था गरि कुनै किसिमको सुचना बिपरित कार्य गरेमा  संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने समेत सुचनामा उल्लेख छ ।

जिल्लाका व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा समेत कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणलाई नियन्त्रण बाहिर जान नदिन कडाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

सुचना यस्तो छ:-