AdvertImage

नुवाकोटमा थप १६ जनामा कोरोना संक्रमण

न्यूज ब्युरो २० कार्तिक २०७७, बिहीबार २०:१३
               
AdvertImage                        
नुवाकोटमा थप १६ जनामा कोरोना संक्रमण
AdvertImage

नुवाकोटका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका ६ पुरुष र ४ महिलासहित १० जना, सुर्यगढी गाउँपालिकाका ३ पुरुष र एक महिला तथा विदुर नगरपालिकाका एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ९० पुगेको छ । जसमध्ये ४ सय २० पुरुष र एकसय ७० जना महिला रहेका छन् । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टाका संक्रमितमध्ये १६ जना नै होम आइसोलेसन उपचाररत रहेको खनालले बताए । यस्तै होम आइसोलेसनमा रहेका दुई पुरुष र एक महिला त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा सरेको उनले बताए । यस्तै नुवाकोटका २ सय ८० जना कोरोना सक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका एकसय १४ जनाको पिसिआरको लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।