AdvertImage

आज बाट तपाईको टिभीमा यी च्यानलहरु आउँदैनन् । खेलकुद र कार्टुनको च्यानल पनि नआउने

अखबार पाटी ८ कार्तिक २०७७, शनिबार १०:४५
               
AdvertImage                        
आज बाट तपाईको टिभीमा यी च्यानलहरु आउँदैनन् । खेलकुद र कार्टुनको च्यानल पनि नआउने
AdvertImage

८ कार्तिक,काठमाडौँ

शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो ।

टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।

कतिपय च्यानलले तयारी गरेपनि पूरा गर्न सकेका छैनन् । ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।

अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द भएका छन् ।

पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि बन्द भएका छन् ।

‘स्टार्स र कलर्सका क्लिन फिड गर्ने बक्स सिंगापुर र दुबईमा आइपुगेर अड्किएको छ । उनीहरुले कहिलेबाट क्लिन फिड प्रविधि जडान सकाउँछन् भन्ने पक्का भएको छैन ।

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बजिरहेको छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।

प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् ।

भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ ।