AdvertImage

दुप्चेश्वर गाउँपालिकाका १० जनामा देखियो कोरोना संक्रमण

न्यूज ब्युरो ४ कार्तिक २०७७, मंगलवार १५:१८
               
AdvertImage                        
दुप्चेश्वर गाउँपालिकाका १० जनामा देखियो  कोरोना संक्रमण
AdvertImage

कात्तिक ४, नुवाकोट ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार आएको नतिजामा संक्रमण पोजेटिभ देखिएका मध्ये ६ जना नयाँ संक्रमित हुन् भने ४ जनालाई संक्रमण दोहोरिएको हो । दुप्चेश्वरका सीआईसीटी (केश इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक्ट टे«सिङ टिम) का सदस्य एवम् समुन्द्रटार स्वास्थ्य चौकीका इन्चार्ज रामकुमार थापाले अखबारपाटीसँग बताएका छन् ।

पछिल्लो समय गाउँपालिकाका केही व्यक्तिमा कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परिक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । कात्तिक १ गते गरिएको स्वाव परिक्षणबाट आफू सहित उपाध्यक्ष र अन्य २ जनामा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले बताएका छन् । यसै विषयमा कुराकानीका क्रममा उपाध्यक्ष अन्जु आचार्यले पनि आफ्नो रिपार्ट पुनः पोजेटिभ आएको बताएकी छिन् ।

यस अघि असोज २४ गतेको रिपोर्टमा गाउँपालिका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत केही कर्मचारी, सवारी चालक एवं स्थानिय व्यापारीहरु गरी १० जनामा कोरोना संक्रमण देखिएपछि केही समयपश्चात कन्ट्याक्ट ट्रेसिङमा आउनेको समेत स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो । उक्त स्वाब परिक्षणमा नयाँ ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष, उपाध्यक्ष लगायत सबै संक्रमितहरु होम आइसोलेशनमा छन् ।