AdvertImage

सुरुमै धरौटी नराखिए अस्पातालका कोरोना संक्रमितले खाना नपाउने

समाचार डेस्क ४ कार्तिक २०७७, मंगलवार १०:१९
               
AdvertImage                        
सुरुमै धरौटी नराखिए अस्पातालका कोरोना संक्रमितले खाना नपाउने
AdvertImage

कात्तिक ४, काठमाडौं । अब शुल्क नतिरेसम्म सरकारी अस्पतालका कोरोना संक्रमितले पनि खाना नपाउने भएका छन् । सरकारको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले आइतबारको नियमति प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएको थियो ।

सरकारको निर्णयलाई आधार मानेर अस्पतालहरुले पनि कोरोना संक्रमितलाई शुल्क तिर्न उर्दी नै जारी गर्न थालेका छन् । उपत्यकाका अधिकांश अस्पतालले संक्रमितको खानाका लागि सुरुमै धरौटी राख्न भनेका छन् ।

नयाँबानेश्वरस्थित निजामति सेवा अस्पताल, मिन भवनस्थित सिभिल अस्पताल लगायत केही अस्पतालले आइतबार देखि नै उक्त निर्णय लागू हुने बताईसकेका छन् । सिभिल अस्पतालले कोरोना सङ्क्रमितहरूले आफैले उपचार खर्च र खाना खर्च बेहोर्न कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।

अस्पतालले निकालेको सूचनामा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोराना सङ्क्रमण भइ उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’ यी लगायत अन्य अस्पतालहरुले यसअघि खाना निशुल्क दिँदै आएका थिए । यस अघि सरकारले कोरोना संक्रमितको उपचार खर्च आफैँले बेहोर्नुपर्ने समेत बताइसकेको छ ।