AdvertImage

साढे २२ किलो सुन काण्ड: भारतीय बीजेपी नेताको भाईको संलग्नता

अखबार पाटी २ कार्तिक २०७७, आईतवार ०९:१२
               
AdvertImage                        
साढे २२ किलो सुन काण्ड: भारतीय बीजेपी नेताको भाईको संलग्नता
AdvertImage

२ कार्तिक,नुवाकोट

प्रहरीले पर्साको वीरगञ्जबाट हिजो बरामद गरको साढे २२ किलो सुनमा भारतको रक्सौलका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संग्लनता रहेको खुलेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन बरामद गरेको थियो । प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो ।

पर्सा प्रहरीले भारत पूर्वी चम्पारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको जनाएको थियो । तर सुनसँग कोही पनि पक्राउ परेका थिएनन् ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार अशोक सिन्हा बिहारको चुनावमा बिजेपीका तर्फबाट प्रत्यासीका रुपमा हेरिएका प्रमोदकुमार सिन्हाका भाइ हुन् । प्रहरीले २ घण्टा बढी अपरेसन चलाएर सुन बरामद गरेको थियो ।

सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । बरामद सुन नेपालबाट भारत लैजाने तयारी रहेको हुनसक्ने प्रहरी आशंका छ ।