AdvertImage

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

समाचार डेस्क १ कार्तिक २०७७, शनिबार १८:११
AdvertImage

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद
AdvertImage

कत्तिक १, अखबार पाटी ।

प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका -६ रेशमकोठीस्थित् गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्लाट नम्बर ३०३ बाट  २२ किलो ५७६ ग्राम सुन बरामद भएको एसपी गंगा पन्तले जानकारी दिएकी छिन्। उक्त फ्ल्याट भारतीय नागररिक अशोक सिन्हाको भइएको बताइएको छ ।

सुन तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनालाई आधार मानेर एसपी पन्तको नेतृत्वमा प्रहरीले सिन्हाको फ्ल्याटमा छापा मारेको थियो । तर, प्रहरी पुग्दा सुनका मालिक भनिएका सिन्हा त्यहाँ नभएका कारण नियन्त्रण लिन सकेको छैन ।

प्रहरीले दिएको जानकारी अनुसार सिन्हाको फ्ल्याटमा सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा  (८।५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ। यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २।२६२ किलो बरामद भएको छ ।

सुनका मालिक आउने सूचनाका आधारमा प्रहरीले गए राती देखि नै निगरानी गरिरहेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो । यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

AdvertImage