AdvertImage

हुम्लामा अब टेलिकम को नियमित सेवा

अखबार पाटी १ कार्तिक २०७७, शनिबार १४:३०
AdvertImage

हुम्लामा अब टेलिकम को नियमित सेवा

१ कार्तिक, हुम्ला

हुम्लाको सदरमुकाम सिमीकोटमा रहेकाे नेपाल टेलिकमको साखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरि सेवा आजदेखि सञ्चालनमा आएको हो ।

जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट प्रणाली जडान गरिएको छ । हिउँदमा हुम्ला बासीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले त्यस सेवा जडान गरेको नेपाल टेलिकम  हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  भट्टराईका अनुसार  टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै  सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमीकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको  टावर मर्मत गर्न प्राविधिक टोली काठमाण्डौबाट सिमकोट पुगेको थियो ।  विगतका वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित हुने गरेका थिए ।

AdvertImage