AdvertImage

कोलकातालाई हराउँदै मुम्बई आइपिएल अङ्क तालिकाको शिर्षस्थानमा

न्यूज ब्युरो १ कार्तिक २०७७, शनिबार ०६:०८
AdvertImage

कोलकातालाई हराउँदै मुम्बई आइपिएल अङ्क तालिकाको शिर्षस्थानमा
AdvertImage

इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले छैटौं जित निकालेको छ । जितसँगै मुम्बई लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई ८ विकेटले हरायो ।

आबुधावी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो ।

खराव सुरुवात गरेको कोलकाताले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकाताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए । छैटौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे ।

जसकम मोर्गनले ३९ रन बनाए भने कुमिन्सले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५३ रन बनाए । जसमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

यसका साथै कोलकाताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए । यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे । बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने शुर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजीत ७८ रन बनाए । जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै हार्दिक पाण्ड्याले २१ रन थपे ।

याे जितसँगै मुम्बईकाे १२ अङ्क भएकाे छ । दिल्लीकाे पनि समान १२ अङ्क भएपनि रन रेटका आधारमा दाेस्राे स्थानमा झरेकाे छ ।

AdvertImage