AdvertImage

‘बलात्कारी संगठन’ फेसबुक ग्रुपको नाईके पक्राउ

अखबार पाटी ३० आश्विन २०७७, शुक्रबार १६:२२
AdvertImage

‘बलात्कारी संगठन’ फेसबुक ग्रुपको नाईके पक्राउ

३० असोज,काठमाडौँ

नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत रहेका छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

ग्रुपमा अश्लिल विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिसकेको छैन ।

पक्राउपछी उनलाई आवस्यक सोधपुछ थालिएको पनि एसएसपी अर्यालले जानकारी दिए ।

AdvertImage