AdvertImage

नयाँ बजारमा ग्याँस विष्फोट, ११ जना घाइते, २ जनाको अवस्था गम्भीर

समाचार डेस्क २९ आश्विन २०७७, बिहीबार १५:२१
AdvertImage

नयाँ बजारमा ग्याँस विष्फोट, ११ जना घाइते, २ जनाको अवस्था गम्भीर
AdvertImage

असोज २९ , काठमाडौं ।
काठमाडौंको नयाँ बजारको एक घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा ११ जना घाइते भएका छन् । यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

तस्बिरः बसन्त न्यौपाने

उक्त विष्फोट नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रको घरमा भएको हो । एसपी राठौरका अनुसार किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो।

 

केही दिन अघि नीलकुमारीको ससुरा बितेको हुँदा उक्त घरमा किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर विस्फोट भएको हो । ग्याँस सिलिण्डर विष्फोट हुँदा आगलागी समेत भएको प्रहरीले जनाएको छ ।

 

AdvertImage