AdvertImage

प्रतिनिधिसभा सदस्य पहाडीको निधन

समाचार डेस्क २८ आश्विन २०७७, बुधबार १६:१०
AdvertImage

प्रतिनिधिसभा सदस्य पहाडीको निधन
AdvertImage

असोज २८, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । मिर्गौला र मुटुको समस्याबाट लामो समयदेखि पीडित पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन हो । उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सांसद पहाडीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । पहाडी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट समानुपातिकबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी थिइन् । जनवादी गायिका पहाडी २०३६र०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।

 

AdvertImage