AdvertImage

सर्जक राज थापाको ‘परदेशीको मन’ बजारमा आउँदै

अखबार पाटी २६ आश्विन २०७७, सोमबार १८:०९
AdvertImage

सर्जक राज थापाको ‘परदेशीको मन’ बजारमा आउँदै
AdvertImage

असोज २६, काठमाडौं ।
सर्जक राज थापाले परदेशीको मन बोलको आधुनिक गीत बजारमा ल्याउने भएका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका स्थायी घर भएका थापा हाल अस्ट्रेलियाको मेलबर्न सिटिमा बस्दै आएका छन् ।

विदेशमा बसेर पनि नेपाली सँस्कृती लाई बचाउन पर्छ भन्ने मान्यता राख्ने थापाले यस अघि पनि जूनलाई हेर्दा बोलको लोक दोहोरी गीत बजारमा ल्याएका थिए । कृपा टिभीको प्रस्तुतिमा आगामी बुधबार रिलिज गर्न लागिएको उक्त गीतमा गायक मदन थापा आवाज दर्पण यात्रीको संंगीत तथा एरेन्ज रहेको छ ।

गीतको सब्द सिर्जना भने राज थापाकै रहेको छ । उक्त म्युजिक भिडियोमा कलाकार विजय र मल्लिकाको अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन नरेन्द्र धामीले गरेका छन् ।

 

 

 

AdvertImage