AdvertImage

मुम्बई उक्लियो अंकतालिकाको शिर्षस्थानमा

न्यूज ब्युरो २६ आश्विन २०७७, सोमबार १३:४५
AdvertImage

मुम्बई उक्लियो अंकतालिकाको शिर्षस्थानमा
AdvertImage

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए । दिल्लीले अन्तिम २४ बलमा बाउन्ड्रीको रुपमा दुई मात्र चौका प्रहार गरेको थियो । दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो ।

क्रुनाल पान्ड्याले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै कु्रनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुल्दा चौथो बलमा क्रुनालले चौका प्रहार गर्दै जित पक्का गराए ।

कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

दिल्लीले अब बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

AdvertImage