AdvertImage

सावधान रहनुहोस्, दशैंमा यस्ता छन् ट्राफिकको सरप्राइज योजना

समाचार डेस्क २६ आश्विन २०७७, सोमबार ११:२२
AdvertImage

सावधान रहनुहोस्, दशैंमा यस्ता छन् ट्राफिकको सरप्राइज योजना
AdvertImage

असोज २६, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठ जस्ता चाढपर्व लाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।

चाढपर्व नजिकिएसँगै सवारी नियम उलंघन र दुर्घटना समेत बढ्ने हुँदा सुरक्षा योजना सहित अघि बढ्न लागिएको महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि महाशाखाले सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाउन विविध योजना बनाएको छ । योजना बनाउँदा उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण गर्न विशेष व्यवस्था गरिएको एसएसपी ढकाल बताउँछन् ।

यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न समेत उनले सबैमा आग्रह गरेका छन् । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन आफूहरु चनाखो बनेको ढकालले बताए । उनका अनुसार उपत्यकाको १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ ।

चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति समेत थप परिचालन गरिने भएको छ । यसबाहेक महाशाखाले काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याउने भएको छ । साथै, यात्रुको सुरक्षाका लागि उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहने महाशाखाले जनाएको छ ।

यस्ता छन् ट्राफिकको नयाँ योजना

  • सादा पोसाकमा प्रहरी परिचालन
  • प्रविधिबाट निगरानी
  • दैनिक आकस्मिक चेकिङ
  • भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

 

 

AdvertImage