AdvertImage

कोरोना महामारीकै बिच सुरुभयो गाउँ गाउँमा दशैंको चहलपहल

समाचार डेस्क २५ आश्विन २०७७, आईतवार ११:२७
AdvertImage

कोरोना महामारीकै बिच सुरुभयो गाउँ गाउँमा दशैंको चहलपहल

असोज २५, नुवाकोट ।
कोरोना संक्रमण यथाबत नै रहेपनि नुवाकोटका गाउँ गाउँमा दर्शैको चहलपहल शुरु भएको छ । तर, अघिल्ला बर्षहरुमा झैँ व्यापारी एवं ग्राहकलाई भ्याइनभ्याई भने छैन । खासगरेर दैनिक उपभोग्य वस्तु, कपडा र मिलहरुमा केही चहलपहल बढे पनि अन्य वस्तु तथा सेवा व्यवसायहरुमा सामान्य अवस्था छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिकामा हिजो शनिबार मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भए पछि बजार केही सुस्ताएको छ । गाउँपालिकामा कोरोना संक्रमण देखिएको विषयलाई जोडेर समुन्द्रटार बजार सिल्ड गरिएको छ भन्ने हल्ला फिँजाईएका कारण आफ्नो व्यवसाय चौपटमा परेको एक व्यवसायीले बताए । उनले भने, ‘यहाँ त कोरोनाकै नाममा लुट मच्चाउने पनि छन्, एकातिर बन्द छ भनिदिए पछि ग्राहकहरु आफ्नोमा आउने भएका कारण हल्ला गर्न बालबालिकाको समेत प्रयोग भइरहेको देखिएको छ ।’

यो वर्ष अघिल्ला बर्षहरुमा झैँ खसीबोकाको किनबेच पनि खासै नभएको किसानहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा यतिबेला व्यापारीहरु गाउँगाउँ छिरेर खसीबोका जम्मा गरिसकेका हुन्थे । खासगरेर काठमाडौंमा विक्रीका लागि लैजान संकलन गर्नेहरु यो वर्ष कोरोनाका कारण घरमै बसेका छन् । जसले गर्दा दशैंमा खसी बेचौंला र खर्च जुटाउँला भनेर बसेका किसानहरु मर्कामा परेको बताइन्छ । काठमाडौंमा खसी पठाउँदा व्यापारिहरुले स्थानिय बजारमा चलेको भन्दा केही बढी रुपैयाँ तिर्ने भएका कारण किसानहरु पनि व्यापारी पर्खेर बसेका थिए ।

 

 

AdvertImage