AdvertImage

एकैदिन ५००८ जनामा कोरोना संक्रमण , नुवाकोटका ४० जना

न्यूज ब्युरो २४ आश्विन २०७७, शनिबार १६:४०
AdvertImage

एकैदिन ५००८ जनामा कोरोना संक्रमण , नुवाकोटका ४० जना
AdvertImage

२४ असोज,
नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो संगै कोरोना सन्क्रमित हुनेको संख्या १०५६८४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १ हजार २ सय २९ जना निको भइ घर फर्केका छन ।
यससंगै कोरोना मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।
हाल नेपालमा सक्रिय सन्क्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ ।

आज नुवाकोटमा मात्र ४० जना कोरोना सन्क्रमित थपिएका छन । जसमा १७ जना महिला र २३ जना पुरुष रहेका छन । जसमा दुप्चेश्वर गाउँपालिकाको ११ जना तथा देबिघाट जलविद्युत आयोजनाका ९ जना कर्मचारी रहेका छन ।

 

 

AdvertImage