


असोज २४, नुवाकोट ।
जिल्लाको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । असोज २१ गते गरिएको स्वाव परिक्षणबाट आफू र उपाध्यक्ष लगायत ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले अखबारपाटीसँग बताएका छन् ।
यसै विषयमा कुराकानीका क्रममा उपाध्यक्ष अन्जु आचार्यले पनि आफ्नो रिपार्ट पोजेटिभ आएको बताएकी छिन् । अध्यक्ष एवं उपाध्यक्ष दुवै जनाले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परिक्षण गराउन भनेका छन् ।
कोरोना संक्रमण पुष्टि भए नभएको विषयमा दुप्चेश्वरका सीआईसीटी (केश इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक्ट टे«सिङ टिम) का अधिकृत सुदिप थापासँग सम्पर्क गर्दा ११ जनामा पोजेटिभ देखिएको कुरा आएको तर, आधिकारिक रुपले जानकारी आइनसकेको बताएका छन् । गत २१ गते बुधबार गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत केही कर्मचारी, सवारी चालक एवं स्थानिय व्यापारीहरु गरी १८ जनाको स्वाव संकलन गरिएको थियो ।
पछिल्लो समय गाउँपालिकाका अध्यक्ष लगायत केही व्यक्तीमा कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परिक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष, उपाध्यक्ष लगायत संक्रमितहरु होम आइसोलेशनमा छन् ।
भर्खरै प्रकासित
- सिन्धुपाल्चोक हिँडेका खेलकुद मन्त्रीलाई अवरोध, चार घण्टा मेलम्चीमै रोकिए
- कोरोना भाइरस विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने
- शिक्षक र विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द
- थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो
- बिरोध सभा कस्तो हुन्छ माघ २३ गते हेर्नुहोला: मान्छे जम्मा गर्दैमा केहि हुदैन
Trending News
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो
- सिन्धुपाल्चोक हिँडेका खेलकुद मन्त्रीलाई अवरोध, चार घण्टा मेलम्चीमै रोकिए
- कोरोना भाइरस विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने
- शिक्षक र विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द
- थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्दै
- शिक्षामा पहुँच बढाउन दुप्चेश्वरमा क्यानोपी नेपालको छात्रवृत्ति अभियान