AdvertImage

यी हुन् विश्वमा सबैभन्दा लामो खुट्टा भएकी युवती, राखिन् रेकर्ड

न्यूज ब्युरो २३ आश्विन २०७७, शुक्रबार ०४:५३
AdvertImage

यी हुन् विश्वमा सबैभन्दा लामो खुट्टा भएकी युवती, राखिन् रेकर्ड
AdvertImage

एजेन्सी ।

अमेरिकाको टेक्सासकी १७ बर्षीया युवती म्याकी क्युरिनले आफ्ना सबैभन्दा लामो खुट्टाहरूका कारण गिनीज वर्ल्ड रेकर्ड बनाएकी छन्।

६ फिट १० इन्चकी म्याकीले लामो खुट्टाका कारण रेकर्ड आफ्नो नाममा राख्न सफल भएकी हुन। म्याकीले रसियाका इकेतेरिना लिसिनाको ५२.२ इन्चको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

म्याकीको दाहिने खुट्टा १३४.३ सेन्टीमिटर लामो र बाँया खुट्टा १३५.३ सेन्टीमिटर लामो छ।

असाधारण शारीरिक विशेषताका मानिसहरु जो छन् यसमा कुनै लाज मान्न नहुने उनले बताएको गिनीज वर्ल्ड रेकर्ड वेबसाइटले उल्लेख गरेको छ।

यस रेकर्डले सबै अग्ला महिलालाई प्रेरणा दिने उनले आशा लिएकी छन्। आफ्नो छोरीको रेकर्ड बारे म्याकीकी आमाले भन्छिन्, ‘मैले उनलाई अरु बच्चा भन्दा अग्लो महसुस गरेको थिए। जब उनी १८ महिनाकी थिइन् त्यसबेला २ फिट ११ इन्चकी थिइन।’

म्याकीलाई खुट्टाका कारण धेरै समस्या पनि हुन्छ तर उनले यसका धेरै फाइदा पनि उठाउँछिन्। घरका सबै सदस्यको भन्दा उनको उचाई अग्लो रहेका छ।

AdvertImage