AdvertImage

मतदानद्वारा प्रदेश ५ को राजधानी तोक्न बैठक सुरु

न्यूज ब्युरो २० आश्विन २०७७, मंगलवार १३:४८
AdvertImage

मतदानद्वारा प्रदेश ५ को राजधानी तोक्न बैठक सुरु
AdvertImage

२० असोज, काठमाडौं ।
प्रदेश ५ को राजधानी दाङको देउखुरी सार्ने  प्रस्ताबमा  आज मतदान हुने भएको छ । प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको  छ  ।

यसका लागि प्रदेश सभाको बैठक सुरु भैसकेको छ । बैठकले  राजधानी रहने स्थान र त्यसको नामबारे निर्णय गर्नेछ ।

नेपाली कांग्रेस संसदीय दलले प्रदेश सरकारले संसदमा पेस गरेको उक्त प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेस गरेपछि सोमबार त्यसबारे ७ सांसदले धारणा राखिसकेका छन्।

 

AdvertImage