AdvertImage

कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु

न्यूज ब्युरो १६ आश्विन २०७७, शुक्रबार १२:०१
AdvertImage

कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु
AdvertImage

१६ असाेज, काठमाडौँ

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढीरहेको छ । नेपालमा बिहिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेसँगै जोखिम झनै बढेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि कोरोना संक्रमण नै समुदायस्तरमा नफैलिएका बेला लकडाउन गरेर सबै सिल गर्दै आएको सरकारले अहिले महामारी तिब्र गतिमा फैलिइरहँदा भने नियन्त्रणमा कुनै प्रभावकारी काम गरेको छैन । जसका कारण मृत्युदर दिनानुदिन बढीरहेको छ ।

यसैबिच मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना भाइरस संक्रमित ६ वर्षीय नाबालकको मृत्यु भएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका-२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहिबार अपराह्न्न मृत्यु भएको हो । मेनेन्जाइटिसको समस्या भएका ति नाबालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ८ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई ज्वरो आउने, बेहोस हुने र शरीर काप्ने समस्या पनि रहेको अस्पतालले बताएको छ ।

AdvertImage