AdvertImage

अद्भुत मुस्कानका कारण विश्व चर्चित बालिका (फोटो फिचर सहित)

समाचार डेस्क १४ आश्विन २०७७, बुधबार ०७:५०
AdvertImage

अद्भुत मुस्कानका कारण विश्व चर्चित बालिका (फोटो फिचर सहित)
AdvertImage

असोज १४, अखबारपाटी ।

निला आँखा, कैलो कपाल शुन्दर र प्यारो मुस्कान भएकी एउटी बालिकाको तस्बिर सामाजिक सञ्जालहरुमा खुब चर्चामा छ, यहाँहरुले पनि कयौँ पटक यी शुन्दर बालिकाको तस्बिर निकै बेर हेर्नु भएको होला । अझ कतिपयले त आफ्नो यस्तै शुन्दर सन्तानको कल्पना समेत गर्नुभएको होला ।

स्रोत : एनाहिताको इन्स्टाग्रामबाट…

यी सानी केटीको नाम एनाहिता हासिमिन्जादे हो । फारसी बास्तुकलाको शहर, पुर्वजहरुको शुन्दर र गौरवशाली सहर भनेर चिनिने भनेर चिनिने मध्य इरानको स्फान शहरबस्ने यी बालिका अहिले ४ वर्षकी भइन् ।


एनाहिताको बुबाको नाम अलि हासिमिन्जादे हो । एनाहिताको तस्बिरहरु उनकी आमा मरियम हासिमिन्जादेले इन्टाग्राममा अपलोड गर्छिन् । २ वर्ष अघि आफ्नो अकाउण्टबाट तस्बिर अपलोड गरेकी मरियमले छोरीको तस्बिर निकै चर्चित भए पछि उनकै नामबाट इन्टाग्राम अकाउण्ट खोलिन् । अहिले उनको १२ लाखभन्दा बढी फ्यान फलोअर्स छन् ।


एनाहिताले अहिलेसम्म औपचारिक शिक्षा शुरु गरिएको छैन । २ फिट ५ इन्च उचाई भएकी एनाहिताको निलो आँखा, कैलो कपाल र अद्भुत मुस्कानले नै मानिसको मन खिच्ने गर्छ । स्फान शहर स्थित घरमा एनाहिताको आफ्नै स्विमिङ पुल समेत रहेको छ । खानामा फलफुल बढी मनपर्ने एनाहितालाई चित्र कोर्न, टिभि हेर्न, गुडियाँसँग खेल्न खुब मनपर्छ । अहिले एनाहिताको अभिभावकले उनलाई सानी मोडलका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

AdvertImage