
५ असोज, एजेन्सी
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८६ हजार नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ज्यान गुमाउनेको संख्या १ हजार १ सय ३३ रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाका कारण ८७ हजार ९०९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म ५४ लाख ८५ हजार ६१२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जनामा कोरोना पुष्टि भएको छ ।