धादिङका राजेन्द्र सेन्चुरीलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

प्रकाशित मिति :२०७७ भाद्र ३०, मंगलवार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

भाद्र ३०, नुवाकोट

धादिङ नीलकण्ठ नगरपालिका धुवाँकोटका राजेन्द्र सेन्चुरीलाई ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ ।

भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा सेन्चुरीलाई उक्त अन्तराष्ट्रिय पुरस्कारको घोषणा गरिएको हो । ६१ देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण उहाँ आफैं उपस्थित भएर प्रमाणपत्र ग्रहण भने गर्नु भएको छैन ।

अन्तर धार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरण जस्ता क्षेत्रमा विशेषज्ञता तथा योगदानका आधारमा मुल्याङ्कन गरि यो पुरस्कार प्रदान गरिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय