AdvertImage

हुम्लामा सिमीको उत्पादन उल्लेख्य भएपनि बिक्री भने न्युन

न्यूज ब्युरो २७ भाद्र २०७७, शनिबार १८:३७
AdvertImage

हुम्लामा सिमीको उत्पादन उल्लेख्य भएपनि बिक्री भने न्युन
AdvertImage

हुम्ला, २७ भदाै । हुम्लामा पचास करोडभन्दा धेरैको  सिमी उत्पादन भएको छ । यसबाट हुम्लाका  किसानहरूले वर्षेनी राम्रो आम्दानी गर्न सफल भएका छन् ।

नगदे बालीका रुपमा चिनिएको सिमीको ब्यापारले हुम्लाका किसानहरू पछिल्लो समयमा राम्रो आम्दानी दिने गरेको
छ । दिनप्रति दिन यसको माग बढ्दै गए पनि उत्पादनमा विविधता र विकासे तरिका भने अपनाइएको छैन । यदि उत्पादन प्रणालीमा बैज्ञानिक पद्दति अपनाउन सकिने हो भने अझ उत्पादन बढने देखिन्छ ।

पुरानो पद्दतिबाट उत्पादन भएको लोकल सिमि भने उत्पादनको ४० % जति मात्र बिक्रि भएको कृषि विकास कार्यालय , हुम्लाले बताएको छ । हुम्लामा कालो, रातो, सेतो, पहेँलो, खैरो, निलो, आकासे, छिरबीरे लगायतका विभिन्न प्रकारका सिमीहरू फलाउने गरिएको छ ।

हुम्लाको स्थानीय बजारमा चलेको प्रति केजी २०० रुपैयाँको दरले हिसाब गर्दा यो ५० करोडभन्दा धेरै सिमी उत्पादन
हुने गरेको तथ्यांक जिल्ला कृषि कार्यालयसंग छ  ।

AdvertImage