AdvertImage

अलैचीको कथा : बजार भन्दा भन्सार मूल्य दोब्बर

अखबार पाटी २२ भाद्र २०७७, सोमबार १४:२४
AdvertImage

अलैचीको कथा : बजार भन्दा भन्सार मूल्य दोब्बर
AdvertImage

भदौ २२, २०७७ सोमबार

अलैंचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा  एक लाख  रुपैयाँ प्रति मन कोरोबार हुँदा र अहिले रु २० हजार प्रति मन हुँदा पनि एउटै छ ।

व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैंचीको मूल्य दर प्रतिकिलो भारु ५०० देखि ८००० रुपैयाँको नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यताका कारणले नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैंचीको मूल्य हुँदा अतिरिक्त ३०० भन्सार मूल्य देखाएर भारत अलैंची पठाउनुपर्ने बाध्यता छ ।

यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैंची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो ।

अलैंची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्नुहुन्छ, ‘प्रतिमन एक लाख रुपैयाँ अलैंचीको मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्यअनुसारको कर रु त्यसैले अत्यन्तै गाह्रो छ । घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।’

अहिलेको प्रावधानअनुसार चार लाख रुपैयाँसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै २० लाख रुपैयाँ कारोबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ ।

नेपालबाट भारत जाने अलैंचीलाई मात्र प्रतिकिलो भारु ५०० भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैंचीको भने भारु ३०० मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु ३०० मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैंची किन्न मान्दैनन् ।

AdvertImage