AdvertImage

असोज १ गतेदेखि पठनपाठन संचालन हुने

अखबार पाटी २२ भाद्र २०७७, सोमबार ०८:२१
AdvertImage

असोज १ गतेदेखि पठनपाठन संचालन हुने

२२ भाद्र २०७७, सोमबार

असोज १ गतेदेखि अत्यावश्यक विषय मात्रै पढाएर भए पनि यस वर्षको शैक्षिक सत्र जोगाउने तयारी सरकारले गरेको छ ।

कोभिड–१९ का कारण शैक्षिक सत्र पाँच महिना पर धकेलिँदा पनि नियमित पढाइ सञ्चालन गर्न सक्ने अवस्था नभएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नयाँ विकल्पमा जान लागेको हो ।

बाहिर जिल्लाबाट विद्यालय पुग्ने शिक्षकले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । यसका लागि स्थानीय तहले समन्वय गर्ने शिक्षा मन्त्रीले बताएका छन् ।

शिक्षा मन्त्रालयले असोज १ गतेदेखी शिक्षकले पढाए नपढाएको विषयमा प्रधानाध्यापकलाई साप्ताहिक कार्यप्रगति विवरण अनिवार्यरूपमा पेस गर्नुपर्ने र प्रधानाध्यापकले सबै शिक्षकको कार्यप्रगति विवरण पाक्षिकरुपमा स्थानीय तहको शिक्षा हेर्ने कार्यालयमा पेस गर्नुपर्ने गरि निर्देशिका जारी गर्न लागेको छ ।

त्यसैगरी निर्देशिकामा शिक्षकले विद्यार्थीको मूल्यांकन गरी नतिजा तयार गर्ने, आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, विद्यार्थीको प्रभावकारी संलग्नता सुनिश्चित गर्ने, पाठ्यवस्तु संकुचन गरिएको अवस्थामा सोही आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने उल्लेख छ ।

यसरि शैक्षिक सत्र शुरु भएपछि निजी विद्यालयलाई शुल्क लिने बाटो खुल्नेछ । शुल्क लिन भने विद्यालयलाई स्थानीय तहसँग समन्वय गर्नुपर्नेछ
साथै सरकारले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएपछि शिक्षा मन्त्रालयको बजेटसमेत पुनरावलोकन हुने भएको छ । विद्यालयमा विद्यार्थी उपस्थित हुन नसक्दा दिवा खाजा, सेनेटरी प्याड, स्वयंसेवक शिक्षकलगायत शीर्षकमा रकम खर्च हुने अवस्था छैन ।
त्यसका लागि विनियोजित बजेट वैकल्पिक विधिबाट सिकाइ उपलब्धि बढाउने कार्यक्रममा खर्च गर्ने योजनामा शिक्षा मन्त्रालय छ ।

AdvertImage