AdvertImage

नुवाकोट नेगीका विस्थापितलाई सहयोग सामग्री वितरण

समाचार डेस्क २१ भाद्र २०७७, आईतवार १९:०७
AdvertImage

नुवाकोट नेगीका विस्थापितलाई सहयोग सामग्री वितरण

भदौ २१, नुवाकोट ।
पहिरोको उच्च जोखिममा रहेको नुवाकोटको बस्ती नेगीका विस्थापितलाई सहयोग सामग्री वितरण गरिएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नंं. १ नेगीको बस्ती भन्दा माथीको ठूलो ढुंगा खस्ने अवस्थामा रहेका कारण जोखिममा रहेको २८ घरधुरीका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । दुप्चेश्वर गाउँपालिकाको समन्वय र महासमिति सदस्य एवं नेपाली कांग्रेसका युवा नेता रमेश महतको पहलमा बोधिसत्व विहार (काठमाडौं) ले सहयोग सामग्री उपलब्ध गराएको हो ।

सहयोग सामग्री वितरण कार्यक्रममा नेता महत, दुप्चेश्वर गाउँपालिकका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, गाउँपालिकको लेखा अधिकृत सर्वदा पण्डित, दुप्चेश्वर काठमाडौ सम्पर्क समितिका संयोजक शुशिल खड्का, वडा नं. १ का अध्यक्ष सुनबहादुर तामाङ, वडा नं ३ का अध्यक्ष धु्रवकर के.सी. लगायत स्थानियहरुको उपस्थिती थियो । दातृ संस्था बोधिसत्व बिहारका तर्फबाट प्रोजेक्ट म्यनेजर शान्त शर्माको टिम तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नेता महतले यो राहत नभई जोखिममा रहेको बस्तीको अनुगमनमा आउँदा ल्याएको सानो सहयोग मात्र हो भनेका छन् । उनले भने, ‘नेगीका बासिन्दाको दुःख, हामी सबैको दुःख हो । तपाईंहरुको दुःखमा उपस्थित हुनुपर्छ भनेर आएका हौँ । आगामी दिनमा प्याकेजका रुपमा आवस्यक सहयोग गर्दै जानेछौँ ।’ उनले जोखिम बस्तीका विस्तपितहरुलाई नआत्तिन अनुरोध गरेका छन् भने पूर्व सतर्कता अपनाएकोमा गाउँपालिकलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा दातृ संस्था बोधिसत्व विहारका प्रोजेक्ट म्यानेजर शर्माले विपद् हुनु अघि नै गाउँपालिकाले देखाएको चुस्तताले ठूलो जोखिम टरेको बताए । पूर्व सतर्कता अपनाउन नसक्दा लिदी पहिरोले गरेको क्षती स्मरण गर्दै शर्माले भने, ‘एक अर्कालाई सहयोग गर्नु मानविय धर्म हो, हामी हिजोका दिनमा सकेको सहयोग लिएर लिदी पुगेको थियौँ, आज यहाँ आएका छौ ।

गाउँपालिकाको आग्रहलाई स्विकार गर्दै सहयोग सामग्री उपलब्ध गराएकोमा दातृ संस्थाप्रति गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले धन्यवाद ज्ञापन गरेका छन् । साथै, अस्थायी वस्तीमा खाँचो रहेको बिजुली र पानीका लागि समेत अवस्यक सामग्री उपलब्ध गराइएको समेत उनले जानकारी गराए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले खस्ने अवस्थामा रहेको ढुंगाबाट अति जोखिममा हरेका २८ र पहिरोको प्रत्यक्ष असर पर्ने १९ गरी जम्मा ४७ घरधुरीको स्थायी स्थानान्तरणका लागि प्रकृया अघि बढाइसकेको बताएकी छिन् ।

यस अघि दुप्चेश्वर गाउँपालिकाको पहलमा सिडियोको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी बसोबासका लागि टेण्ट उपलब्ध गराएको थियो । टेण्ट वितरण कार्यक्रममा संघिय सांसद् हितबहादुर तामाङ एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको समेत उपस्थिति थियो ।

२०७२ सालको महा भुकम्पका कारण डगमगाएको ठूलो चट्टान यस वर्षको वर्षामा थप भासिए पछि जोखिममा परको नेगी स्थित बस्ती सारिएको हो । गाउँपालिकाको अनुरोध पछि जोखिममा रहेको स्थानको स्थलगत अनुगमनका लागि केही समय अघि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका प्रमुख लगायत नेपाली सेना र प्र्रहरी अधिकारीहरुको संयुक्त टोली प्रभावित क्षेत्र पुगेको थियो ।

अनुगमन टोलीले वस्ती जोखिममा परेको भन्दै अविलम्ब सुरक्षित स्थानमा सार्न भनेको थियो । सोही अनुसार गाउँपालिकाले यसै वडाको सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको हो ।

AdvertImage