राष्ट्रिय परिचयपत्र विवरणको दर्ता भक्तपुरबाट शुरु

प्रकाशित मिति :२०७७ श्रावण २६, सोमबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

२६साउन,  जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ ।

जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको छ ।सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् ।पञ्जीकरण विभागको सहकार्यमा भक्तपुर  जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई अभिमुखीकरण तालीम दिइएको जानकारी जिल्ला प्रशासन कार्यालय, भक्तपुरका कार्यालय प्रमुखले  बताए  ।

कोभिड–१९ को जोखिमका कारण अन्य जिल्लामा विवरण सङ्कलन गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय