
साउन ३,२०७७
एक महिलाको महोत्तरी जनेश्वर कारागारमा मृत्यु भएको छ । मृत्यु भएकि सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ कि अन्दाजी ३५ बर्षिय रेखा खातुन भन्ने नुर जहाँ खातुन हुन् ।
शुक्रबार राती २ बजेतिर उपचारको क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए ।
बिगत १०-१५ दिनदेखि उनी बिमारी थिए अचानक बिहीबार उहाँको अवस्था नाजुक भएपछि उहाँलाई अस्पताल पुर्याइएको तर उपचार को क्रममा राती २ बजे उनको मृत्यु भएको जानकारी जेलर महासेठले बताए ।
आज सेतोपाटीमा प्रकाशित समाचार ।