AdvertImage

साउन महिना मा हातमा हरियो चुरा र मेहेन्दी को महत्व,

अखबार पाटी १ श्रावण २०७७, बिहीबार ०१:०७
AdvertImage

साउन महिना मा हातमा हरियो चुरा र मेहेन्दी को महत्व,
AdvertImage

साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । यो महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन् ।

तर, यो चलन कहिलेबाट आयो र किन साउनमै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ । हिन्दू धर्मग्रन्थका अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् , र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्यभन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना, महिलाका लागि विशेष महिना । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दीमात्र होइन, विवाहितदेखि अविवाहित महिलासम्म सोमबार व्रत बस्ने गर्दछन् । हरेक वर्ष आउने साउन महिना महिलाका लागि विशेष हुने गर्छ । धार्मिक, तथा सांस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाइँमा व्यस्त हुने महिलले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँछन् ।

साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा–आरधना गर्दा महिलालाई असल श्रीमान् प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुँदैन । यही मान्यता अनुसार नेपाली महिलाले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेका हुन् । साउन महिनामा विशेष गरी शिवको पूरा गरिन्छ । अझ बढी साउन महिनाको सोमबार महिलाका लागि विशेष हुने गर्दछ ।

सोमबार शिवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछन् । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीका लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिँड्दा छुट्टै आनन्द अनुभूति हुन्छ । प्रेम जोडीमा नयाँ उमंग छाउँछ । यसबेला हासेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगिन्ति भाव रहेका छन् । विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाऊ भनेर व्रत बस्ने गर्छन् ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् । मेहेन्दीले पनि स्वास्थमा फाइदा पु¥याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पु¥याउँदैनन् ।

स्रोत :sabaikoaawaj.com

AdvertImage